दफा २४
नियम बनाउने अधिकार

(१) नेपाल सरकारले यस ऐनको उद्देश्य पूर्तिको लागि आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी खास गरी देहायका विषयमा नियमहरु बनाउन सक्नेछ ः–
(क) प्रस्ताव सम्बन्धमा,
(ख) प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गर्ने सम्बन्धमा,
(ग) प्रदूषणको स्रोत, मापदण्ड, रोकथाम र नियन्त्रण सम्बन्धमा,
(घ) जैविक विविधता तथा राष्ट्रिय सम्पदाको संरक्षण सम्बन्धमा,
(ङ) जल, वायु, ध्वनी, माटो प्रदूषण सम्बन्धमा,
(च) फोहर मैलाको व्यवस्थापन तथा ओसार पसार आदि सम्बन्धमा,
(छ) वातावरण संरक्षण कोषको सञ्चालन सम्बन्धमा,
(ज) अन्य आवश्यक कुराहरुका सम्बन्धमा ।